300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 6, 2016

Tagged under:

बँदेलको आक्रमणबाट दर्जन बढी घाइते

सल्यानमा बँदेलको आक्रमणबाट दर्जन बढी व्यक्ति घाइते भएका छन् । जिल्लाको पश्चिमी क्षेत्र देवस्थल, मूलखोला, घाँजरीपिपल गाउँ विकास समितिमा बँदेलको आक्रमणका कारण दर्जन बढी व्यक्ति घाइते भएका हुन्।

 बिहीबार बेलुका बँदेलको आक्रमणबाट देवस्थल गाविस बाग्गचौरका गोपाल विष्ट, माल्पे–२ का चीनबहादुर सार्की, सोही ठाउँका गोविन्द पुन, मूलखोला–८ राउँचेका नवीन साहु गम्भीर घाइते भएका छन्। खोलाको किनारको बाटोमा हिँड्दै गर्दा उनीहरुलाई बँदेलले आक्रमण गरी घाइते बनाएको घाइते टेकबहादुर बूढाले जानकारी दिए।

 यसअघि वैशाख २२ गते घाँजरीपिपल–८ सुनौलीबजारका अम्मर बस्नेत, खामखोलीका टेकबहादुर बूढालाई बँदेलले आक्रमण गरी घाइते बनाएको बूढाले बताउनुभयो । बँदेलको आक्रमणबाट गम्भीर घाइते भएका अम्मर बस्नेत र गोपाल विष्टको नेपालगन्जमा उपचार भइरहेको स्थानीय दुर्गा बिसीले जानकारी दिए।

'पानीका मुहान सुकेपछि पानी खान खोलामा आएका बँदेलको समूहले मानिसलाई देख्नसाथ आक्रमण गर्छ, बाटो हिँड्ननै खतरा भइसक्यो,' उनले भने। बँदेलको समूहले दिन प्रतिदिन आक्रमण गर्न थालेपछि स्थानीयवासी चिन्तित भएका छन्। आक्रमण बढ्न थालेपछि सहयोगका लागि इलाका प्रहरी कार्यालय देवस्थलमा जानकारी गराएको स्थानीय दुर्गा बिसीले जानकारी दिए।

0 comments:

Post a Comment