स्मार्टफोनलाई अब सिसिटिभी (CCTV) क्यामराका रुपमा पनि प्रयोग गर्न सकिने भएको छ।
यसका लागि 'Salient Eye Home Security Alarm' नामक एपको प्रयोग गर्नु पर्ने हुन्छ जुन प्ले स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ।
यो एप एक सीसीटीभी क्यामराका रुपमा काम गर्छ र कुनै असामान्य हलचल भएमा म्यासेज, इमेल र अलार्मका माध्यमले सूचना दिन्छ।
यो एप प्रयोग गर्न निकै सजिलो छ। इन्स्टल (Install) गर्ने वितिक्कै स्क्रिनमा ‘साइलेन्ट आई’ को चिन्ह आउँछ। चिन्हको मुनि इमेल, म्यासेज र अलार्मको विकल्प हुन्छ।
सेटिङ मिलाएपछि स्क्रिनमा दिइएको ‘साइलेन्ट आई होम’ अलार्म बटन अन (On) गर्ने।
त्यसपछि क्यामरा स्वतः अन हुन्छ। सीसीटीभीका रुपमा प्रयोग गर्नको लागि फोनलाई स्थिर राख्नु पर्छ।
क्यामराको अघि केही असामान्य हलचल भएमा अलार्म अन हुन्छ र ५ मिनटसम्म बज्छ। यस एपलाई अन्य डिभाइसबाट पनि कन्ट्रोल गर्न सकिन्छ।
Sunday, May 29, 2016
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment