300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Thursday, May 19, 2016

Tagged under:

विमान दुर्घटनामा सात जनाको मृत्यु

अफगानिस्तान, ६ जेठ । अफगानिस्तानको दक्षिणी प्रान्त हेलमान्डमा बुधबार राती भएको एक कार्गोवाहक विमान दुर्घटनामा परी कम्तीका सात व्यक्तिको मृत्यु भएको समाचार छ । स्थानीय अधिकारीहरुले बिहीबार सो जानकारी दिएका छन् ।

 हेलमान्ड प्रान्तको गरम्सेर जिल्लामा रहेको द्वयेर विमानस्थलबाट नौ यात्रु लिएर उडेर सो विमान केही समयपछि नै दुर्घटनाग्रस्त भएको एक अफगान अधिकारीले नाम नबताउने शर्तमा सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।jana अजरबैजानी एयरलाइन्ससँगआवद्ध यस विमानले द्वयेरमा रहेको सैन्य शिवीरलाई आवश्यक साम्राग्रीहरु आपूर्ति गर्दै आएको बताइएको छ ।

उक्त सैन्य शिवीर संयुक्त गठबन्धन सेनाबाट सञ्चालन हुदै आएको पनि सो स्रोतले जानकारी दिएको छ । चालक दलका सदस्य अजरबैजानी, युक्रेन र उज्बेकिस्तानमा रहेका जनाइएको छ । प्रारम्भिक समाचारअनुसार यस विमानमा सवार सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका छन् । दुर्घटनाको विस्तृत विवरण र कारण भने हाल प्रष्ट भईनसकेको बताइएको छ ।

0 comments:

Post a Comment