काठमाडौं – यदी यो साता तपाईले आकाशमा हेर्नुभयो भने मंगलग्रह चम्किलो देख्न सक्नुहुन्छ । रातीको समयमा अन्य ताराहरुभन्दा चम्किलो रातो ग्रहलाई तपाईले देख्न पाउनुहुनेछ ।
यसै साता मंगलग्रह पृथ्वीको नजिक आउँदैछ । पछिल्लो ११ वर्षमा मंगलग्रह पृथ्वीको नजिक आउन लागेको यो पहिलो अवसर हो । नासाका अनुसार आईतबार रातीबाट मानिसहरुले आकाशमा ताराभन्दा चम्किलो वस्तुको प्रकाश देख्न पाउनेछन् । यो शनीग्रह भन्दा ७ गुणाबढी चम्किलो हुनेछ । त्यस्तै ताराहरुभन्दा १७ गुणा बढी चमक यसले प्रदान गर्नेछ ।
आइतबार रातीपछि एक सातासम्म रातो ग्रह चम्कियो अवस्थामै रहेनछ । प्रत्येक २६ महिनामा यसरी मंगलग्रह पृथ्वीको नजिक आउने गर्दछ । तर, यस पटक अन्यबेला भन्दा धेरै नै नजिक आइपुग्नेछ । मे २२ का दिन मंगलग्रह ७५.६ मिलियन किलोटिर टाढा रहनेछ । जुन ३ सम्म मंगलग्रह चम्किलो देखिने बताइएको छ । ratopati bata
Thursday, May 19, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment