300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Thursday, May 19, 2016

Tagged under:

लमजुङमा बस दुर्घटना : ९ को मृत्यु, ९ गम्भिर घाइते

लमजुङ– लमजुङको मध्यनेपाल नगरपालिका–५ तामाखानी भन्ने ठाउँमा आज साँझ बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । नारायणगढबाट लमजुङ जिताकोट जान हिँडेको ना१ख ४१२६ नंको बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । मृतकको सनाखत भएको छैन । घाइतेहरुको तमौली अस्पताल तनहुँमा उपचारको लागि पठाइएको छ ।

 करिब २५ जना सवार उक्त बसको चालक भने फरार रहेको प्रहरीले जनाएको छ । घटना भएको स्थान प्रहरी चौकीबाट २ घण्टाको फरकमा रहेकाले तत्काल घटनास्थलमा प्हरी पुग्न नसकेको कारण ड्राइभर फरार भएको प्रहरीले बताएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी रहे पनि बस सडकबाट २०० मि तल खसेको र बसका सहचालकले बस चलाएको बुझिन आएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

0 comments:

Post a Comment