300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Thursday, May 19, 2016

Tagged under:

भारतबाट नेपाल आउँदै गरेको बसमा शब फेला परेपछि…

धनगढी–नयाँदिल्लीबाट धनगढीका लागि छुटेको ना५ख ६५०० नं को रात्रि बसको सिटमा एक नेपाली यात्रु आज मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले उक्त बसमा सवार बैतडी जिल्ला महारुद्र गाविस–४ का उदगीबहादुर चन्दलाई बसको सिटमा मृत फेला पारेको हो ।

 दिल्लीको आनन्दबिहार बस बिसौनीबाट बुधबार साँझ बसमा चढेका चन्दको बस गुडिरहेकै अवस्थामा गएराति निधन भएको साथमै रहेका मृतका आफन्तलाई उद्धृत गर्दै प्रहरी निरीक्षक कर्ण कार्कीले बताए ।

 बसमा चढ्नुअघि मुम्बईबाट दिल्लीको बस बिसौनातर्फ आउने क्रममा बाटोमा बान्ता भई बिरामी भएपछि स्थानीय अस्पतालमा उपचार गराई चन्द धनगढी आउने बसमा चढेको बताइएको छ । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।

0 comments:

Post a Comment