300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, June 29, 2016

Tagged under:

सुदूरपश्चिममा लगातार दुई भूकम्पको झड्का, स्थानीयबासी त्रसित

डोटी– सुदूरपश्चिममा बुधबार लगातार चार रेक्टरस्केलमाथिका दुई भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले बझाङ केन्द्रबिन्दु भएर एउटा ४.२ रेक्टरस्केल र अर्को ५ रेक्टरस्केलको भूकम्पको धक्का गएको जनाएको छ ।

केन्द्रका अनुसार ३ बजेर ११ मिनेट जाँदा ५ रेक्टरस्केलको भूकम्प गएको गएको थियो भने सोअघि बझाङ नै केन्द्रबिन्दु भएर २ बजेर ५५ मिनेट जाँदा ४.२ रेक्टरस्केलको भूकम्पको धक्का गएको थियो ।

 यस्तै सो बीचमा केहि स–साना कम्पन समेत गएको स्थानीयबासीहरुले जनाएका छन् । बझाङ प्रहरीले भूकम्पबाट भएको क्षतिबारे अहिलेसम्म कुनै विवरण प्राप्त नभएको जनाएको छ । तर, भूकम्पपछि स्थानीयबासी त्रसित बनेका छन् ।

0 comments:

Post a Comment