300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, June 29, 2016

Tagged under:

रक्सी र चुरोटको लतमा फसेका बलिउड अभिनेत्रीहरु

फिल्मी क्षेत्रमा सधै सफलताको शिखरमा बसिरहन सकिदैन । तर केही बलिउड अभिनेत्रीहरु यो यथार्थतालाई स्विकार्न सक्दैनन र विभिन्न लतको शिकार हुने गर्छन् । उनीहरु रक्सी तथा चुरोटको सहारा लिने गर्छन् । रक्सी र चुरोटको यस्तो नशामा डुब्छन् कि उनीहरु त्यो लतबाट बाहिर आउन ठुलै मुल्य समेत चुकाउने गरेका छन् ।

 केही बलिउड अभिनेत्रीहरु ब्रेकअप भएकै कारण आफुलाई कमजोर बनाउँछन् र कुलतमा फस्छन् । केही यस्ता बलिउड अभिनेत्रीहरु रहेका छन् जो कुलतमा फसे र आफ्नो ज्यान समेत गुमाए । को को बलिउड अभिनेत्रीहरु फसे त रक्सी तथा चुरोटको लतमा

 १. कोंकणा सेन
भारतीय फिल्म क्षेत्रमा बलियो अभिनय कला भएकी कोंकणा सेन कुनै समय रक्सी र चुरोटको लतमा फसेकी थिइन् । तर सन् २०१० मा जब उनी गर्भवती भइन् बच्चाको लागि भएपनि उनले चुरोट र रक्सी छोड्ने निर्णय गरिन् । २. सुस्मिता सेन
मिस युनिभर्सको ताज पहिरिएकी सुस्मिता चेक स्मोकरको रुपमा समेत परिचीत थिइन् । उनलाई बिटाउन अल्कोहलिको नाउँले समेत गनिन्छ । तर उनले यस कुरालाई अस्विकार गर्दै आइरहेकी छिन् । ३. सिल्क स्मिता
साउथ फिल्मकी सेक्स सिम्बोलको रुपमा परिचित चर्चीत अभिनेत्री सिल्क स्मिता रक्सीको लतमा नराम्रोसँग फसेकी थिइन् । जब उनलाई फिल्मका अफरहरु कम हुदै गए उनी डिप्रेशनमा गएकी थिइन् । अन्तिम दिनहरुमा त उनी सेटमा नै रक्सी पिएर आउने गर्थिन् । ४. मिना कुमारी
ट्रेजेटी क्विनको रुपमा परिचीत महशुर अभिनेत्री रक्सीको नशाको नराम्रो लत थियो । उनको लत यसरी बढ्यो कि उनको ३९ वर्षको उमेर ज्यादा रक्सीका कारण उनको मृत्यु भयो । ५. राखि गुल्जार
राखि गुल्जारले कुनै समय रक्सीलाई सबैभन्दा प्रिय साथी बनाएकी थिइन् । जब राखिका पतिले उनलाई धोका दिदै मीना कुमारीसँग सम्बन्ध बनाए तब उनी रक्सीको नजिक भइन् । त्यही पिरलाई भुलाउन भएपनि उनी रक्सीको सहारा लिइन् । ६. जया बच्चन
यो कुरा सुन्दा अचम्म लाग्न सक्ला जया बच्चनलाई पनि रक्सीको लत थियो । यो कुरा कतिको साँचो हो यो त जया बच्चनलाई थाहा छ तर उनी रक्सी एक समय अत्यन्त पिउने गरेको बताइएको थियो । ७. मनिशा कोइराला
मनिशा कोइराला आज लाखौ मानिसहरुका लागि प्रेरणाको श्रोत भएकी छिन् । तर, उनी एक समय चेन स्मोकरको रुपमा परिचीत रहेकी थिइन् । उनलाई विभिन्न पार्टीमा रक्सी खाँदै रमाउँदै गरेको विभिन्न सञ्चारमाध्यमले पनि देखाएका थिए । तर, उनले अब यी लत देखि परै बस्ने घोषणा समेत गरेकी छिन् ।

0 comments:

Post a Comment