300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, June 4, 2016

Tagged under:

शिक्षा विधेयक पारित-एसएलसी परीक्षा प्रणालीको अन्त्य,कक्षा १२ सम्म माध्यमिक तह

व्यवस्थापिका संसद बैठकले बहुप्रतिक्षित शिक्षा ऐन २०२८ लाई संसोधन गर्न बनेको विधेयक पारित गरेको छ । संसदको शनिबारको बैठकले विधेयक पारित गरेसंगै प्रारम्भिक बाल शिक्षादेखि १२ कक्षासम्म विद्यालय तह भएको छ । व्यवस्थापिका संसदले पारित गरेको विधेयकमा उल्लेख भए अनुसार लामो समयसम्म अस्थायी सेवा गरेका शिक्षकहरूले पनि आकर्षक सुविधासहित बिदा हुने विकल्प पाएका छन् । संसदको महिला बालबालिका जेष्ठ नागरिक र समाज कल्याण समितिले एक साताअघि संसदमा पेश गरेको विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो ।

 संसदमा निर्णयार्थ पेस भएको उक्त विधेयक सर्वसम्मत रुपले पारित भएको हो । सत्तापक्ष र विपक्षी सबै सांसदले उक्त विधेयकमा समर्थन जनाएका हुन् । संसदमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा आठौं संशोधन विधेयक २०७३ लाई पारित गरियोस भन्ने प्रस्ताव राख्नुभएको थियो । अब कक्षा ८ सम्म आधारभूत शिक्षा र कक्षा ९ देखि १२ लाई माध्यमिक शिक्षा हुने भएको छ ।

 कक्षा १० को अन्तिममा हुदै आएको प्रवेशिका (एसएलसी) परीक्षाको पनि अन्त्य भएको छ । १२ कक्षाको अन्तिममा मात्रै अहिलेको एसएलसीजस्तो अर्को परीक्षा हुनेछ । अब राष्ट्रिय परीक्षा बोर्ड हुनेछ । बोर्डले कक्षा १० र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा सञ्चालन गर्नेछ । विधेयकमा अस्थायी शिक्षकलाई सेवा सुविधा लिएर अवकाश दिने या प्रतियोगितामा सहभागी हुन पाउने गरी दुवै विकल्प खुला राखिएको छ ।

0 comments:

Post a Comment