मुम्बई । बलिउड अभिनेत्री करिश्मा कपूर र उनका पति संजय कपूरबीच सम्बन्ध विच्छेद भएको छ । करिश्मा र संजय लामो समयदेखि अलग–अलग बस्दै आएका थिए ।
उनीहरूबीचको पारिवारिक विवाद करीव आठ वर्षका दौरानमा बाहिरिएको थियो ।
सोमबार मुम्बईको पारिवारिक अदालतमा करिश्मा र संजयले सहमतिमा सम्बन्ध विच्छेद गरेका हुन् । यसअघि करिश्माले आफ्ना पति संजय र सासुविरुद्ध दाइजो मागेको भनेर उजुरी दिएकी थिइन् ।
पछि यो विषयलाई आपसी सहमतिमा मिलाइएको थियो । करिश्मा र संजयबीच सन् २००३ मा विवाह भएको थियो । करिश्मा र संजयका दुई बच्चा पनि छन् ।
सम्बन्ध विग्रिएपछि करिश्माले संजयको दिल्लीस्थित घर छाडेर गएकी थिइन् । त्यसपछि करिश्मा मुम्बईमा बस्दै आएकी छिन् । करिश्मा आजकाल टिभी कार्यक्रमका साथै अवार्ड कार्यक्रमहरूमा करिश्मा आफ्नी बहिनी करीनासँग जाने गरेकी छिन् ।
Monday, June 13, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment