काठमाडौं: कोपा अमेरिका अन्तरगत आज बिहान भएको खेलमा डिफेन्डिङ च्याम्पिय चिलीले बोलिभियामाथि नाटकीय जित निकालेको छ।
निर्धारित ९० मिनेट १-१ गोलको बराबरी भएको अवस्थामा इन्जुरी टाइममा पाएको पेनाल्टीमा चिलीले बोलिभियालाई २-१ ले हराएको हो।
बोलिभियालाई जिताउने क्रममा अट्र्योरो भिदालले खेलको एक सयौं मिनेटमा पेनाल्टीमा गोल गरेर जित दिलाएका हुन्।
बोलिभियाका खेलाडीले डी बक्समा हेन्ड गरेपछि चिलीले पेनाल्टी पाएको थियो। यो खेलमा पहिलो गोल पनि भिदालले नै गरेका थिए।
उनले खेलको ४६ औं मिनेटमा पिनिलाको पासमा चिलीलाई अग्रता दिलाएका थिए। तर खेलको ६१ औं मिनेटमा क्याम्पोसले बोलिभियाका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याए।
खेल बराबरीमा सकिन लागेको अवस्थामा पेनाल्टी पाएपछि चिलीको भाग्य चम्कियो।
पहिलो खेलमा अर्जेन्टिनासँग हारेको चिली बोलिभियालाई हराएपछि अन्तिम आठमा पुग्ने सम्भावना जीवितै राखेको छ।
यो जितपछि चिलीले अघिल्लो चरण प्रवेशको सम्भावना जीवितै राखेको छ। यो समूहमा अर्जेन्टिना, चिली र पनामाको समान ३÷३ अंक रहेको छ।
यद्यपि अर्जेन्टिनाले दोस्रो खेलमा आज पनामासँग प्रतिस्पर्धा गर्दैछ। बोलिभिया भने दुबै खेलमा पराजित हुँदै समूहको पुच्छरमा रहेको छ।
Friday, June 10, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment