300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, June 3, 2016

Tagged under:

सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरू र बरिष्ठ नेतृत्वहरूलाई एउटै विन्ती- ओलीको तगारो नबन्नुस्

– बलराम सुवेदी

बिभिन्न कालखण्डमा आन्दोलन र क्रान्तिहरूको नेतृत्व गर्नुभो । जेलनेल, भुमिगतकालका दुःख आदि झेल्नुभो । र अन्तमा देशको कार्यकारी प्रमुख भएर आफुले सकेअनुसार देश र जनसेवा गर्नुभो । म तपाइहरूप्रति आभार र सम्मान ब्यक्त गर्दछु । तथापि आन्तरिक रूपमै प्रशस्त दबाब र सुझाब दिन सक्ने हैसियत राख्ने तपाइहरू बर्तमान सरकार र प्रधानमन्त्रीबिरूद्ध चौबाटोमै जुन आक्रोश पोखिरहनुभएको छ । त्यसमा केही लेख्नै मन लाग्यो । किनकि तपाइहरूको शासनकाल पनि मज्जैले बेहोरेका हुन जन्ताले । हो, तपाई संक्रमण कालमा पर्नुभो होला । राजनीतिक मुद्दा समाधानमा लाग्नुभो होला । तर बिकासमा छलाङ मार्ने यो एउटा काम मेरो पालामा भो भन्ने दरिलो प्रमाण सायद तपाइसंग छैन कि ? कुनै राजनीतिक पूर्वाग्रह बिना भन्दा काठमाडौंको बाटो फराकिलो पार्ने कामको थालनी र त्यसले देशभरिकै बाटाहरू फराकिलो बनाउने कामको शुरूवात । त्यो नै जनताले बर्षौपछि देखेको देश बिकासमा दुरगामी प्रभाव राख्ने काम थियो होला । जसको पालामा भो म उहाँलाई मुरी मुरी धन्यवाद दिन्छु ।

 आज उहाँ जहाँ हुनुहुन्छ जे गर्दै हुनुहुन्छ । त्यो मेरो त्यति चाँसोको बिषय हैन । आफ्नो कार्यकाकालमा विकासनिर्माणका कामको कडिमा मुश्किलले पास हुनुभएका तपाइहरूलाई केपी ओलीले डिस्टिङसन् ल्याउलान कि भन्ने चिन्ता त हैन ? मानिसलाई आफ्नो असफलताले भन्दा अरूको सफलताले पीडा दिन्छ भन्छन् । कतै तपाइलाई त्यो भएको त हैन ? हैन भने पार्टीका आन्तरिक मिटिङहरूमा छलफल गर्दाहुने बिषयलाई तपाइ किन सडकमा ल्याउनुहुन्थ्यो ? अनि किन अर्को राजनीतिक अस्थिरतालाई प्रशय दिनुहुन्थ्यो ? मलाई म त्रिभुवन बिश्वबिद्यालय पढ्दाको यउटा प्रसंग याद आउछ । विद्यार्थी साथीहरू एउटा बिषयमा आफ्ना गुरूहरूप्रति खासखुस गर्थे । पछि त्यै बिषयमा आन्दोलन पनि भो भन्ने सुने । कि आफूले मुश्किलले सेकेन्ड डिभिजन ल्याएका शिक्षकहरूको हातमा कपी पुग्यो भने जस्तो सुकै अब्बल बिद्यार्थीलाइ पनि उहाँहरू अब्बल मार्क दिन हिच्किच्याउनु हुन्छ । त्यसैले हामीलाई मर्का परिरहेको छ । ती बिद्यार्थी साथीहरूले भनेको त्यो मानब मनोबिज्ञानको कुरा आज म सम्झिरहेको छु । आफ्नो कार्यकाकालमा विकासनिर्माणका कामको कडिमा मुश्किलले पास हुनुभएका तपाइहरूलाई केपी ओलीले डिस्टिङसन् ल्याउलान कि भन्ने चिन्ता त हैन ? मानिसलाई आफ्नो असफलताले भन्दा अरूको सफलताले पीडा दिन्छ भन्छन् । कतै तपाइलाई त्यो भएको त हैन ? हैन भने पार्टीका आन्तरिक मिटिङहरूमा छलफल गर्दाहुने बिषयलाई तपाइ किन सडकमा ल्याउनुहुन्थ्यो ? अनि किन अर्को राजनीतिक अस्थिरतालाई प्रशय दिनुहुन्थ्यो ?

होला तपाईका पार्टीहरूमा समस्या होलान । तपाइका पार्टीहरू सिस्टममा चलेनन् होला । त्यसको जिम्मेवार त तपाई पनि हो । तर, आजको दिनमा जनतालाई यो भन्दा बिकास, निर्माण र आर्थिक परिवर्तन बढ्ता चाँसोको बिषय हो । अब पनि देश र जनतालाई गरिबीमा राखेर कति राजनीति गर्नुहुन्छ ? तपाईहरूको स्वार्थका लागि जनताले सधै अस्थिरताको मुल्य तिरिरहनुपर्ने ? अनि गरिब र गरिबीमा बाँचिरहनु पर्ने ? हो भूकम्पपछिको पुनर्निर्माण गर्न र कालोबजारी नियन्त्रण गर्नमा जनचाहना अनुसार खरो उत्रन सकेको छैन यो सरकार । यो जनतालाई पनि महसुस भएको छ । तर, दिमाग र सोचाइमै सहि सम्वृद्धि र बिकासको भिजन र बिउ हरेक जनमानसमा रोप्न त सफल भएको छ हैन र ? राजनीति र सिद्धान्तका कोरा भाषण र छलफल चल्ने हाम्रो देशका चोकचोकमा अनि चिया पसलमा बिकासको चर्चा हुन थालेको छ । तसर्थ तपाइहरूप्रति नतमस्तक भएर अनुरोध गर्छु । यो सरकारलाइ साँच्चै परिक्षामा सामेल गराउन चाहन्छन् जनता ।

 कम्तिमा एक बर्ष यसलाई परिक्षा दिन सहयोग गर्नुस् । बरू देखाएका भिजनहरू कार्यान्वयनमा उतार्नका लागि सकारात्मक आन्तरिक दबाब दिनुहोस् । ढाडस् दिनुहोस् । र उत्साह पनि दिनुहोस् । भनिन्छ संसारमा दुई पात्र छन् जो आफ्नाले आफूले भन्दा ठूलो सफलता ल्याउँदा खुशी हुन्छन् रे । ती हुन बाबु र आमा । हो तपाई अर्को एक बर्ष यो सरकारको बाबु आमा भैदिनुस् । गालि र दबाब पनि दिनुहोस् । साथमा माया र उत्साह पनि । एक बर्षमा तपाइहरूको साथले यो सरकारले बोलेका थोरै मात्र कामको शुरूवात गर्यो भने हामीलाई भन्दा गर्ब तपाइलाई नै हुनेछ । किनकि तपाई यो देशको नेता हो यसको जस् तपाईलाई पनि जानेछ । हैन तपाई हाम्रो साथका बाबजुद पनि यो सरकार बोलिमै सिमित भो भने जनताले नै हावा भन्नेछन् । सरकार परिबर्तनको आवाज उठाउनेछन् । अनि तपाइ सहजीकरण गर्नुस् । भद्र सहमति कार्यान्वयन गर्नुहोस् । अर्को सरकार बनाउनुस् । जनता पुरा पुर साथमा हुनेछन् । तर, बिन्ती छ । कुनै पनि बहानामा राजनीतिक अस्थिरता नल्याउनुस् । यो सरकारलाई कम्तिमा अर्को एक बर्ष जनताको परिक्षामा सामेल हुन दिनुहोस् ।

0 comments:

Post a Comment