काठमाडौ, जेठ । कुटपिट गरेर तथा धम्क्याएर अभियुक्तलाई घटनाबारे बोल्न लगाउने प्रहरीको अनुसन्धान शैली फेरिँदै गएको छ। अपराध अनुसन्धानमा नेपाल प्रहरीले झुटो बोलेको पत्ता लगाउने आधुनिक पोलिग्राफ प्रविधिलाई प्राथमिकता दिएको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ। दुई वर्षमा हजारभन्दा धेरै घटनामा प्रहरीले पोलिग्राफको सहयोगमा अनुसन्धान गरेको छ। प्रहरीले २३ माघ ०७० बाट अपराध अनुसन्धानमा पोलिग्राफ टेस्ट सुरु गरेको थियो।
त्यसयता एक हजार १५ जना अभियुक्तमाथि पोलिग्राफ टेस्ट गरिएको अपराध अनुसन्धान विभागका एआइजी विज्ञानराज शर्माले बताए। ‘पोलिग्राफ टेस्टबाट धेरै जटिल घटनाको अनुसन्धान सुल्झिएको छ,’ एआइजी शर्माले भने, ‘अदालतले पनि सहायक प्रमाणमा रूपमा स्वीकार गर्ने भएकाले मुद्दा पनि बलियो हुने गरेको छ।’
फुटबल खेलाडी विमल घर्तीमगरकी बहिनी मनीषाको मृत्युको छानबिनमा केही दिनअघि मात्र प्रहरीले मनीषाका प्रेमी आशिष चौधरीको पोलिग्राफ टेस्ट गरेको थियो। चौधरीले मनीषा झुन्डिएको बताएकोमा पोलिग्राफ टेस्टमा पनि उनले नढाँटको रिपोर्ट आएको थियो। जसले घटनाको अनुसन्धानलाई सहज बनाएको छ । आजको नयाँपत्रिका दैनिकले छापेको छ ।
Friday, June 3, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment