300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, June 3, 2016

Tagged under:

करिश्मा र सराेजलार्इ चकित पार्दै बाबुराम माेडल बनेपछि...

काठमाडौं—नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई मोडल पनि बनेका छन् । उनले मोडलिङ गरेको भिडियो नयाँ शक्ति नेपालले आफ्नो युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरेको छ । जसमा बाबुराम खैरो कोट र सेतो सर्टमा देखिएका छन् । उनी मोडलले झै हात बाधेको अवस्थामा मिठो राजनीतिको गफ गरिरहेका छन् । उनी उभिएको भित्तामा विभिन्न पहिरनमा सजिएका फरक—फरक जातजातिका भेषभूषहरु झलक दिने फोटोहरु छन् । उनले भिडियो मोडलिङका क्रममा विभिन्न पोज दिएका छन् । जसमा जनआन्दोनलका तस्विर, वुद्धको प्रतिमा पनि प्रयोग गरिएको छ ।

 रमाइलो त के भने बाबुराम भट्टरार्इको नयाँ शक्तिमा चर्चित कलाकार सरोज खनालदेखि करिश्मा मानन्धरसम्म अावद्द छन् । तर, बाबुरामले ती कलाकारहरूलार्इ भिडियोमा प्रयोग नगरी अाफै अघि सरेका छन् । ‘हामी विगतमा पटक—पटक राजनीतिक ब्यवस्था विरुद्ध लड्यौं,’ मोडलिङ गरिएको भिडियोमा भट्टराईले भनेका छन्, ‘पहिलो राणशासनका विरुद्ध लड्यौ, त्यसपछि पञ्चायतका विरुद्ध लड्यौं, फेरि राजतन्त्रका विरुद्ध, यी सबै लडाइहरुमा जनताले नै जितेपनि अझै बाँकी नै छन् हाम्रा समस्याहरु ।

’ उनले अगाडि भनेका छन्, ‘आजसम्म हामीले ब्यवस्था फेर्न लड्यौ, अब लड्नु छ आर्थिक अवस्था फेर्न, फेर्नु छ गरिबीको अवस्था, युवाशक्ति पलायनको अवस्था, भ्रष्टाचारको अवस्था, परनिर्भरताको अवस्था, आउनुस् अब आर्थिक क्रान्तिमा जुटौं ।’ त्यसपछि बाबुरामले मुस्कुराउँदैं भनेका छन्, ‘समृद्धि सम्भव छ, हाम्रै पालामा । नयाँ शक्ति नेपाल, अबको निकास आर्थिक विकास ।’ जेठ ३० गते दशरथ रंगशालामा हुने पार्टी स्थापना घोषणा सभाको विज्ञापनका लागि नयाँ शक्ति नेपालले उक्त भिडियोमा बाबुराम भट्टराईलाई मोडलका रुपमा प्रस्तुत गरेको हो । भिडियो

0 comments:

Post a Comment