300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, June 3, 2016

Tagged under:

सरकारी जग्गा खाली गराउन गएका प्रहरीमाथि हमला, एसपीसहित २४ को मृत्यु

नयाँ दिल्ली, २१ जेठ । उत्तरी भारतको मथुराक्षेत्रमा बिहीबार साँझदेखि शुक्रबार बिहानसम्म गैरकानुनीरुपमा सरकारी जग्गा नियन्त्रण गरी बसेका स्थानीय केही गाउँले र प्रहरीबीच झडप हुँदा मृत्यु हुनेको संख्या शुक्रबार अपरान्हसम्म २४ पुगेको छ । घटनामा एक प्रहरी उपरिक्षक र अन्य एक प्रहरी अधिकृतको पनि ज्यान गएको छ । प्रहरीले घटनास्थलबाट ठूलो संख्यामा हतियार बरामद गर्नुका साथै करीब ३२० जनालाई पक्राउ गरेको जनाएको छ ।

शक्तिशाली हातहतिहार सहितरहेका स्थानीयको एक समूहले गस्तीमा खटिएको प्रहरी टोलीमाथि लाठीर ढुङ्गामुढा गर्दै आक्रमण गरेपछि झडप शुरु भएको प्रहरीले बताएको छ ।gayaka घटनामा झडपमा सम्लग्न केही व्यक्ति घाइते भएका र घाइतेलाई स्थानीयले नै भगाएर लगेका प्रहरीको दावी छ । घटनाले उक्त क्षेत्रमा उग्र रुप लिएपछि भएको झडपमा भएको मानवीय एवम् अन्य क्षतिबारे निष्पक्ष छानविन र अनुसन्धानका लागी उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले निर्देशन दिइसक्नुभएकोे छ । भारतीय गृहमन्त्री राजनाथ सिंहले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले तनाव नियन्त्रण र दोषीउपर कानुनी कारबाहीका लागि राज्य सरकारलाई आवश्यक पर्ने सहयोग केन्द्र सरकारले उपलब्ध गराउने बताउनुभएको छ । उत्तर प्रदेशको जवाहर बाघ क्षेत्रमा अस्थायी बासस्थान निर्माण गरी बसेका करीब तीन हजार गाँउलेलाई त्यहाँबाट हटाउन बल प्रयोग गरेपछि सो भिडन्त भएको स्थानीयको दाबी छ ।

 उक्त क्षेत्रमा जग्गा अभिग्रहण गरी बसेका गाँउलेले जङ्गली जनावर तथा अरु स्थानीय स्रोतका दोहन गरी अनधिकृत रुपमा प्राकृतिक साधनको तस्करी भइरहेको बताउँदै अदालतमा परेको मुद्दामा सुनुवाई गर्दै उनीहरूलाई हटाउने आदेशअनुसार प्रहरी त्यहाँ पुग्दो भिडन्त भएको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा यसअघि पनि गैरकानुनी तरिकाले जमिन ओगटी बस्दै आएका स्थानीय र प्रहरीबीच पटक पटक भिडन्त हुने गरेको थियो । स्थानीय नागरिकले पनि त्यहाँबाट तस्करलाई हटाइदिन पहिले पनि माग गरी आएका थिए । रासस/पीटीआई dainiknepal

0 comments:

Post a Comment