300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, June 1, 2016

Tagged under:

ट्याक्टर पल्टिँदा दुईको मृत्यु, सात घाइते

अछामः अछामको साफेबगर–मंगलेसन सडकखण्डस्थित कैलाश खोलानजिकै बुधबार ट्याक्टर पल्टिँदा दुईजनाको मृत्यु भएको छ भने सातजना गम्भीर घाइते भएका छन् ।

 मंगलेसनबाट साफेबगरतर्फ गइरहेको से १ त ६१६५ नम्बरको ट्याक्टर साढे चार बजेतिर साफे–मंगलसेन सडकखण्डको कैलाश खोला नजिकै सडकबाट करिब ३० मिटर तल खेतमा झर्दा त्यसमा सवार एकराज भुल र सरोज कुवँरको ज्यान गएको हो ।

 दुर्घटनामा चालक राजेन्द्र भुल तथा यात्रुहरु मुकेश रावल, कुल वड, नरेन्द्र नेपाली, विनोद परियार, महेश लुहार, तुल कुवँर र शंकर कुवँर घाइते भएका हुन् । एकराज र सरोजको स्थानीय बयलपाटा अस्पतालमा उपचार गराउने क्रममा ज्यान गएको हो ।

0 comments:

Post a Comment