इलामः पैसा कमाएर परिवारमा खुशी थप्न बैदेशिक रोजगारीमा गएका इलामको दानाबारी–३ गगटेका २६ वर्षीय प्रदीपकुमार राई ‘रुपेश’ को शव घरमा आइपुगेको छ ।
सम्पती कमाउने सपना बोकेर मलेसिया पुगेका प्रदीप कफिनमा पोको परेर घरमा आइपुगेपछि गाउँमा रुवाबासी भएको छ ।
गाउँमा रहँदा समाज सेवामा सकृय राई १३ महिनाअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए ।
उनको गत जेठ २० गते मलेसियामा निधन भएको स्थानीयबासी विमल दहालले जानकारी दिए ।
मलेसियाको चिली चिन्ताङ इपोपेरा इम कम्याक्ट कम्पनीमा काम गदै गरेका रुपेशको रक्तचाप कम भएपछि उपचारमा ढिलाई हुँदा ज्यान गएको मलेसियामै रहेका दानाबारी–३ शुक्रबारे बजारका सूर्य पाख्रिनले जानकारी दिए ।
राई २०७२ वैशाख २ गते बिर्तामोडको अञ्जली ओभरसिजमार्फत मलेसिया गएका थिए ।
उनले ‘जिन्दगी’ एल्बममा ‘यो चुली है भीरको.....’ गीतको म्युजिक भिडियोमा पनि अभिनय सकेका थिए ।
उनको शव दानाबारीमा ल्याई घरकै आँगनमा बुधबार कविर पन्थ साधु धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको काका सुकमानले बताए ।
राईका बुवा मोहनदाश राई, आमा नन्दकुमारी राई, बाजे लक्ष्मीदाश राई, श्रीमती सुनिता राई तथा दुई छोरीहरु कृषा र श्रेया रहेको परिवारले जनाएको छ ।
Thursday, June 9, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment