बलिउड अभिनेत्री कोनकोना सेन शर्मा र पति तथा अभिनेता रनवीर सोरेबिच डिभोर्स हुने भएको छ । स्पटब्बोएइले दिएको जानकारी अनुसार उनीहरुले यसअघि नै एकपटक डिभोर्सका लागि अगाडि बढी सकेका थिए । तर आपसी समझदारी मिलेपछि उनीहरु डिभोर्स नगर्ने निर्णय गरेका थिए । तर अब भने डिभोर्स गर्ने निर्णयमा उनीहरु पुगेका छन् ।
सन् २०१० मा विवाह गरेका यो जोडीले गएको सेप्टेम्बरमा टिवइटरमार्फत अब मिलेर बस्न नसकिने र त्यही भएर छुटिन लागेको भन्दै जानकारी गराएका थिए । छोरा लागि भने पनि सँगै बस्दै आइरहेको यो जोडी अब सँगै बस्न नसक्ने भएका छन् । उनीहरले डिभोर्सका लागि प्रक्रिया अगाडि बढाइ सकेको समेत बताइएको छ ।
Saturday, June 18, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment