300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, June 5, 2016

Tagged under:

सलमानको फिल्म छाडेर शाहरुखको फिल्ममा काम गर्ने भइन् कट्रिनाले

मुम्बई, जेठ १० । बलिउड नायक सलमान खान र नायिका कट्रिना क्याफबीचको सम्बन्ध चिसिएकै समयमा दुबै एकसाथ काम गर्ने खबर प्रकाशमा आएको थियो । तर अन्ततः कट्रिनाले सलमान खानको चलचित्र छाडेर शाहरुख खानको चलचित्रमा अभिनय गर्ने समाचार प्रकाशमा आएपछि सलमान र कट्रिनाबीच अझै दुरी बढ्ने निश्चित भएको छ ।

 कट्रिना र सलमान चलचित्र ‘ट्युवलाइट’ मा एकसाथ काम गर्ने चर्चा चलेको थियो । यसअतिरिक्त सोही समयमा उनलाई आनन्द एल रायको निर्देशनमा शाहरुख खानको मूख्य भूमिका रहेको अर्को चलचित्रमा अभियन गर्ने प्रस्ताव आयो । तर समय अभावका कारण उनी कुनै एक चलचित्रमा मात्र काम गर्न सक्ने अवस्था थियो ।

त्यसैले उनले सलमान खानसँग काम गर्ने अवसर त्यागेर शाहरुख खानसँगको चलचित्रलाई स्वीकार गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । यसअघि कट्रिना र शाहरुखले ‘जब तक हे जान’ मा एकसाथ काम गरेका थिए । उल्लेखनीय छ, शाहरुख र सलमानबीच पनि राम्रो सम्बन्ध छैन । त्यसैले कट्रिनाको रोजाईमा शाहरुख पर्नु सलमानका लागि ठेसलाग्दो विषय भएको विश्लेषकहरु बताउँछन् ।

0 comments:

Post a Comment