रुपन्देही ३१ जेठ - मोफशलको राजधानी भनेर चिनिने बुटवल बजार यौन धन्दाको पनि राजधानी हो भनेर अर्को परिचय दिन थालेको पछिल्ला केहि घटना क्रमहरुले देखाएको छ ।
वुटवल ईलाका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार एकै दिनमा दर्जनौ जोडीहरु होटल र केहि घरहरुमा घण्टे भाडा लिएर यौन धन्दा गरिरहेका बेला पक्राउ परेका छन् ।
वुटवलमा यौन मस्ती लिनका लागि घरबाट विभिन्न वाहना बनाएर गुल्मी , पाल्पा, स्याङ्गजा, अर्घाखाँची, प्युठान , बाग्लुङ्ग लगायतका स्थानबाट यौन पिपासुहरु जाने गरेको पाईएका छ । वुटवलमा यौन पिपासु पुरुषहरु नेपाली भन्दा बढि भारतियहरु पाईने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
यसरी स्वदेशी देखि भारतिय नागरिकहरु सहित प्रशस्तै ग्राहकहरु पाउने गरेकोले कतिपय सभ्रान्त परिवारका र धेरै जसो विपन्न परिवारका महिलाहरु वुटवललाई राम्रो वजारका रुपमा लिएर त्यहाँ आवत जावत गर्ने वा डेरा जमाउने गरेको एक तथ्याङ्गलृे बताएको छ ।
वुटवल ईलाका प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तीमा वुटवलको चौराह, नेपालगञ्ज रोड, ईट्टाभट्टी,कालिका नगर, नयाँ बसपार्क, मैनाबगर लगायतका स्थनका होटल तथा घरका काठाहरुबाट पक्राउ परेका १२ जना पुरुष र महिलाहरुका वारेमा अनुसन्धान भई रहेको छ ।
Monday, June 13, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment