300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, June 13, 2016

Tagged under:

प्रधानमन्त्री ओलीको प्रश्न- लगाउने जुत्ता, कपडा च्यातिएको छ, लिपिस्टिक र पाउडरमात्र लगाएर के गर्नु ?

काठमाडौं, जेठ ३०- प्रधानमन्त्री केपी शर्मा ओलीले छिटो छिटो विकास गर्छु भन्दा हावादारी कुरा गर्यो भनेको प्रति कडा प्रतिबाद जनाएका छन् । उनले लगाउने जुत्ता, कपडा च्यातिएको छ, लिपिस्टिक र पाउडरमात्र लगाएर के गर्नु ? भन्ने प्रश्न गर्दै विकासको अभावमा देश सबैतिर फाटेको बताउँदै आफुले टाल्न छिटो छिटो विकास गर्छु भन्दा हावदारी कुरा गर्यो भनेको प्रति कडा प्रतिबाद गरेका हुन् ।

 प्रधानमन्त्री ओलीले प्रश्न गरे-"लगाउने जुत्ता, कपडा च्यातिएको छ, लिपिस्टिक र पाउडरमात्र लगाएर के गर्नु, अहिलेको हाम्रो विकासको प्रयास यस्तै छ, सबैतिर फाटेको छ, कति ठाउँमा टाल्नु छिटो छिटो विकास गर्छुभन्दा हावादारी कुरा ग-यो भन्छन् ।" सोही अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो जन्म शनिबार भएकाले शनि ग्रहले आफूलाई दुःख नदिने र शनिको साँढेसातको दशाग्रहसमेत नलाग्ने दाबी गरे । उनले भने “मैले कहिल्यै शनिले दुःख दिन्छ कि दिँदैन भनी ग्रहदशा हेराउने काम गरिन र अब पनि गर्दिनँ, हामीले शनिलाई हेरेर हुँदैन, उसले हामीलाई हेरेमात्र दशा लाग्ने हो ।”

 बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा खगोल र अन्तरिक्ष विज्ञानसम्बन्धी आज आयोजित गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शनिसित मान्छेलाई देख्ने टेलिस्कोप छैन, केको दशा लाग्नु भन्ने प्रश्न गरे । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी संस्थाले चन्द्रमामा नेपालको तर्फबाट रकेट प्रक्षेपण गर्ने अति महत्वकाङ्क्षी योजनाले काम गरिरहेको जनाएको छ ।

यसका लागि उसले नगरकोटमा वेदशाला स्थापना गरी कामसमेत गरिराखेको छ । प्रधानमन्त्री ओलीले अन्तरिक्षमा नेपालले आफ्नै स्थान लिनुपर्छ, यसले दूरसञ्चारले सहयोग पु-याउने चर्चा गर्दै सरकार खगोल र अन्तरिक्ष विज्ञानको विकास गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले नगरकोटमा स्थापना भएको वेधशालाको निरीक्षण गर्न आतुर रहेको जानकारी दिए ।

0 comments:

Post a Comment