विराटनगरः विराटनगरको जमुनगाछी युवा समूहबीच खुकुरी हानाहान भएको छ । घटनामा चारजना घाइते भएका छन् । खुकुरी प्रहार गर्ने ६ जना पक्राऊ परेका छन् ।
सोमबार साँझ ठेक्कापट्टाको विषयमा भएको विवादको क्रममा दुई पक्षबीच खुकुरी हानाहान भएको हो ।
स्थानीय जामुनगाछी चोकमा युवा समूह आपसी विवाद मिलाउन भेला भएका थिए तर कुरा नमिलेपछि अर्को पक्षले खुकुरी प्रहार गरेको थियो ।
युवा समूहबीच खुकुरी हानाहान भएपछि घरघरमा पसेका युवामाथि आक्रमण भएको थियो । एमाले समर्थथित युवा संघ र काँग्रेस समर्थित युवाबीच झगडा भएको बताइएको छ ।
घटनामा राम नेपाल, लक्ष्मण नेपाल ,आकाश घिमिरे, शरद फुयाँल घाइते भएका छन् ।
उनीहरुको लाइफगार्ड अस्पतालमा उपचार भई रहेको छ ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा दिपेन लिम्बू पोखरिया, राजु पोखरेल जामुनगाछी, अजय चौधरी त्रिमूर्ति चौक, शेरचन मानन्धर जामुनगाछी, सेवक बोहरा र विनोद बोहरालाई पक्राउ गरेको छ ।
ठेक्कापट्टाको विषयमा धेरै दिनदेखि विवाद चल्दै आएको थियो । सामूहिक छलफल गर्ने भनेर दुबैपक्ष भेला भएका थिए । त्यही क्रमा खुकुरी झिकेर हानाहान भएको हो ।
Monday, June 13, 2016
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment