काठमाडौं, घरभाडासम्बन्धी विवादमा पूर्व सभासदमाथि हातपात गरेको आरोपमा एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
नेकपा संयुक्तबाट पहिलो संविधानसभा सदस्य रहेकी रामशीला ठाकुरमाथि आक्रमण गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
पूर्व सभासद ठाकुरले नयाँ बसपार्क नजिक ब्यूटिपार्लर र सैलुन सञ्चालन गर्दै आएकी छिन् ।
सैलुनमा काम गर्ने कर्मचारीलाई घरबेटीले निकाल्न खोजेपछि सम्झाउन जाँदा ठाकुरमाथि घरधनी कल्पना ढुंगानाले हातपात गरेकी थिइन ।
टाउकोमा बियरको बोतलले प्रहार गरिएको उनले एभरेष्टदैनिकडटकमलाई बताईन ।
अहिले उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
फुटेको बियरको बोतलको शीशाले समेत प्रहार गरिएपछि ठाकुरको टाउको र हातखुट्टामा चोट लागेको छ ।
घटनालगत्तै प्रहरीले ढुंगानालाई पक्राउ गरी कार्वाही अगाडि बढाएको छ ।
Saturday, June 11, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment