मुम्बई, जेठ २६ । मुम्बईको बर्सोवा प्रहरीले अभिनेता ‘खान’विरुद्ध अश्लील सन्देश पठाएको आरोपमा मुद्दा दर्ता गरेको छ । यी अभिनेता खान भने सलमान, आमीर खान या शाहरुख खान नभएर बिग बोसमा देखिएका अभिनेता एजाज खान हुन ।
ऐश्वर्याले बलिउडका यी अभिनेता विरुद्ध आरोप लगाउँदै केही दिनयतादेखि अश्लील म्यासेज पठाइरहेको बताएकी छिन् । हैरान भएर उनले प्रहरीमा उजुरी गरेको जनाएकी छिन् ।
एजाज खानमाथि आरोप लगाउने ऐश्वर्या भने राय ऐश्वर्या होइनन् बरु मोडल ऐश्वर्या चौबे हुन ।
एजाजलाई भने मानिसहरु बिगबोसमा उनको कडा र घमण्डी स्वभावका कारण चिन्ने गर्दछन् । प्रहरीले जाँच शुरु गरेको छ । एजाजले भने आफूमाथि झूठो आरोप लगाएको बताएका छन् ।
Saturday, June 11, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment