300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, June 11, 2016

Tagged under:

डेब्यु फिल्मकै बेवास्ता

नेपाल संवाददाता डेब्यु फिल्मको व्यापारले करिअरमा ठूलो अर्थ राख्छ । यसकै ओत लागेर निर्माता/निर्देशक र दर्शकले कलाकारप्रतिको छवि निर्माण गर्छन् । पूर्वमिस नेपाल सृष्टि श्रेष्ठलाई यो तथ्य ज्ञात नहुने कुरै भएन ।

तैपनि, किन हो कुन्नि, २९ जेठमा प्रदर्शन हुन लागेको उनको पहिलो फिल्म गाजलुको प्रमोसनमा खास लगाव र सक्रियता देखिन्न । प्रचारप्रसारमा दिलोज्यान दिएर खट्नुपर्ने बेला बेलायत सयर गरिरहेकी छन् । त्यहाँ उनको नाटक ह्याम्लेट मञ्चन हुँदैछ । सायद ह्याम्लेटकै खातिर उनले डेब्यु फिल्म रिलिजको मुखैमा स्वदेश छोड्नु पर्‍यो । त्यसैले नियत नै बेवास्ता गर्ने हो भनिहाल्न त नमिल्ला । समयले नै साथ नदिएको पो हो कि ? सृष्टिलाई नै थाहा होला तर प्रचारमा नखट्दाको परिणाम रिलिजपश्चात् पक्का उनको पोल्टामा पर्नेछ ।

0 comments:

Post a Comment