एजेन्सीः ओरल्यान्डोस्थित समलिंगी रात्रिक्लबको आक्रमणपछि राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले मुस्लिमलाई अमेरिका प्रवेशमा अस्थायी रोक लगाउनुपर्ने माग गरेका छन् ।
न्यु ह्याम्पसायरमा ट्रम्पले अमेरिकी आप्रवासन प्रणाली बेकामको भएको भन्दै आलोचना गरे ।
यसैको कमजोर प्रणालीको फाइदा उठाउँदै आक्रमणकारी परिवारसहित अफगानिस्तानबाट अमेरिका आउन सफल भएको उनको धारणा थियो ।
हत्याराहरूलाई अमेरिका आउन छुट दिने नीति बन्द गरिनुपर्ने उनको भनाइ छ । आफू राष्ट्रपति भएमा यस्ता समस्या समाधान गर्ने उनले दाबी गरे ।
Wednesday, June 15, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment