300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Thursday, June 9, 2016

Tagged under:

दक्षिण एसियाली टिटीका खेलाडी छानिए

काठमाडौँ, २६ जेठ । दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबलटेनिस (टिटी) च्याम्पियनसिपका लागि खेलाडी छनोट पूरा भएको छ । सुनसरीको धरानमा मङ्गलबार सम्पन्न छनोट प्रतियोगिताबाट १४ खेलाडी छनोट गरिएको हो । जुनियरतर्फ चार–चार तथा क्याडेटमा तीन–तीन पुरुष र महिला छन् ।

 जुनियर पुरुषमा काठमाडौँका श्यान्टू श्रेष्ठ, सुनसरीका सुबोध लिम्बू, ललितपुरका विपुल महर्जन तथा सुनसरीका महावीर चौधरी छानिए । महिलामा नेपाल एपिएफ क्लबकी सोनु थापामगर, ललितपुरकी सिक्का सुवाल र लश्ता महर्जन तथा भक्तपुरकी सुजाता दुवाल रहेका छन् ।

पुरुष क्याडेटमा ललितपुरका रीतिज जोशी, काठमाडौँका संयोग कपाली र ललितपुरका एलेक्स महर्जन छनोट भए । महिलामा ललितपुरकी दीक्षा तामाङ, सुनसरीकी दीक्षा दाहाल तथा भक्तपुरकी अन्जु सुवाल छनोट भए । च्याम्पियनसिप जुलाई १५ देखि १७ तारिखसम्म पाकिस्तानको इस्लामावादमा हुनेछ । रासस

0 comments:

Post a Comment