300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Thursday, June 9, 2016

Tagged under:

मस्को नजिकै सैनिक विमान दुर्घटनाग्रस्त

मस्को, २७ जेठ । रसियाली सेनाको सु-२७ नामक विमान बिहीबार राजधानी मस्को नजिकै दुर्घटनाग्रस्त भएको छ । घटनामा विमान चालकको मृत्यु भएको रसियाली रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

 आफ्नो गन्तव्यमा पुगेर सैन्य आधार शिविरमा फर्किने क्रममा विमानमा गडबडी देखिएपछि घनाबस्तीमाथि पर्ने देखेपछि विमानलाई सुरक्षित स्थानतर्फ लग्न सफल पाइलटले भने समय अभावका कारण विमानबाट निस्किन नसकेको रक्षा मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।

विमान रसियाली वायुसेना युद्धक विमानको कला प्रदर्शन समूहको एक कार्यक्रममा उत्तरी क्षेत्रमा पुगी फर्किने क्रममा मस्को क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । विमानको ‘ब्ल्याक बक्स’ फेला परिसकेको बताउँदै रसियाली सेनाले सु–२७ का सम्पूर्ण उडानलाई दुर्घटनाको कारण नखुल्दासम्मका लागि भन्दै स्थगित गरेको छ । दुर्घटनाग्रस्त विमानको प्रारम्भिक अनुसन्धान अनुसार विमान प्राविधिक गडबडीका कारण दुर्घटनाग्रस्त हुन पुगेको जनाएको छ । रासस/सिन्ह्वा

0 comments:

Post a Comment