मङ्गलबार बेलुकी लु४प ७८२६ नंको मोटरसाइकलमा चढेर हस्तीचौरबाट सिर्सेनीतर्फ जाँदै गरेको अवस्थामा वस्तु-१, डुकुसीमा पुग्दा गुल्मी वाग्ला-२ की २७ वर्षीया कोपिला गिरीको घाँटीमा रहेको सल अचानक मोटरसाइकलमा बेरिँदा ज्यान गएको हो।
घाँटीको सल मोटरसाइकलमा बेरिएपछि कोपिलाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।
कोपिलाको शवपरीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको तथा मोटरसाइकलसहित चालक सूर्यबहादुर दर्जीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।
Tuesday, June 14, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment