300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, June 15, 2016

Tagged under:

यसरी पैसाको लालचमा हस्ताक्षर बेच्दै डाक्टर

सुरुङ्गा (झापा)-स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा चिकित्सकले पैसाको लालचमा परेर आफ्नो हस्ताक्षर र स्ट्याम्प बेच्ने गरेको खुलासा भएको छ । यातायात व्यवस्था कार्यालय मेचीको परिसर अगाडि शुभलक्ष्मी डायनेस्टिक सेन्टरको नामबाट सञ्चालित एक पसलमा डा दीपरञ्जन कुमारले आफ्नो हस्ताक्षर र स्ट्याम्प बेच्ने गरेको पाइएको हो ।

 जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला जनस्वास्थ्य कार्यालय झापा, इलाका प्रहरी कार्यालय बिर्तामोड र सञ्चारकर्मी सम्मिलित टोलीले आज अनुगमन गर्दा त्यस्तो भेटाएको हो । अनुगमनका क्रममा यातायात परिसर पुगेको टोलीले सवारी चालक अनुमतिपत्र लिनका लागि चाहिने निरोगिताको प्रमाणपत्रको अनुसूची फारममा निवेदकको विवरण नै नभरी डाक्टरले खाली फारममा हस्ताक्षर गर्दै आफ्नो एनएमसी नं खुल्ने गरेको स्ट्याम्प प्रयोग गर्ने गरेको फेला पारेको थियो ।

 डा दीपरञ्जन कुमारको एनएमसी नं १३३४० हो । उनले दजनौँ खाली निरोगिताको प्रमाणपत्रको खाली फारममा हस्ताक्षर गरेको अनुगमन टोलीले भेटेको थियो । सो निरोगिता प्रमाणपत्रको अनुसूची फारममा निवेदकको विवरणबिना नै हस्ताक्षर गरेको पाएपछि अनुगमन टोलीले केही फारमसमेत जफत गरेको छ ।

 डा कुमारले आफूले भ्याएका बेला खाली फारममा सही छाप गरिराखेको अनुगमन टोलीसमक्ष स्वीकारेका थिए । त्यस्तै टोलीले आज नै बिर्तामोडमा सञ्चालित अस्पताल तथा क्लिनिकमा अनुगमन गरेको छ । बिर्तामोडमा सञ्चालित बजरङ्ग मेडिकल एन्ड डायग्नेस्टिक सेन्टर, कञ्चनजङ्घा हस्पिटल, साथी मेडीको, झापा डेन्टल अस्पताल, शुभलक्ष्मी डायनेस्टिक सेन्टरको अनुगमन गरेको थियो ।

 अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी डम्मरुप्रसाद निरौलासहित जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्ट्रोल कन्ट्रोल अधिकृत वेदप्रसाद घिमिरे, नायब सुब्बा रमेशप्रसाद खतिवडा, डा दुर्याेधन यादवलगायत सहभागी थिए ।

0 comments:

Post a Comment