हालै वैवाहिक बन्धनमा बाँधिएकी बिपास बासु करन ग्रोबरभन्दा ३ वर्षले जेठी छन् । फिल्म ‘एलोन’ पश्चात प्रेममा परेका यी जोडीहरुले अन्तत उमेरको प्रवाह नगर्दै विवाह बन्धनमा बाधिने निर्णय गरे । यसले पनि के पुष्टि गर्यो भने उनीहरुलाई उमेरप्रति कुनै चासो छैन ।
२. ऐश्वर्या राय बच्चन र अविशेक बच्चन
ऐश्वर्या र अविशेकबिच दुई वर्षको भिन्नता रहेको छ । उमेरले जेठी रहेकी ऐश्वर्या अविशेकसँग विवाह गर्न मानिन् । उनीहरुको एक छोरी समेत रहेकी छिन् । यिनीहरुको जोडीलाई उत्कृष्ट जोडीको रुपमा लिइन्छ ।
३. फराहा खान र शिरिष कुन्दर
आफ्नो श्रीमान भन्दा आठ वर्षले जेठी रहेकी फराहा खानको श्रीमानको नाम हो शिरिष कुन्दर । कोरियोग्राफर, निर्देशक, एक्टर र निर्माता समेत रहेकी उनको बैवाहिक जीवन समेत राम्रो रहेको छ ।
४. सोहा अलि खान र कुनाल खेमु
सोहा अलि खान र कुनाल खेमुको प्रेम कथा खुल्ला किताब जस्तै रहेको छ । उनीहरु लामो समयसम्म गहिरो प्रेममा रहेका थिए । तर धेरैलाई थाहा नहुनसक्छ उमेरमा कुनाल खेमुभन्दा सोहा ५ वर्षले जेठी रहेकी छिन् ।
५. मेहर जेसिया र अर्जुन रामपल
मोडलिङ क्षेत्रमा राम्रो सफलता हासिल गरेका यी दुवैले सन् १९९८ मा विवाह गरे । अर्जुनभन्दा मेहर दुई वर्षले जेठी रहेकी छिन् । रामपालले भनेका थिए माया,‘ एकप्रकारले अन्धो नै हुन्छ, यसमा नम्बरको गन्ती हुँदैन ।’
६.अमृता सिंह र सेफ अली खान
आफुभन्दा उमेरले १२ वर्ष जेठी नायिकासँग प्रेममा परेका सेफ अली खानले अन्तत विवाह नै गरे । सेफले विवाह गर्दा उनी भर्खर २१ वर्षका थिए । १४ वर्षको वैवाहिक सम्बन्धपछि उनीहरुले डिर्भोस गरे । सेफले केही वर्ष अघि करिना कपुरसँग विवाह गरेका थिए ।
७. सिल्पा सेट्टी र राज कुन्द्रा
सिल्पा र राजबिच उमेरमा जम्मा ३ महिनाको फरक रहेको छ । राज डिभोर्सी हुन् । सिल्पासँग वैवाहिक बन्धनमा बाधिएपछि सिल्पाले फिल्मलाइनलाई बाइबाइ गर्दै व्यापारमा हात हालेकी छिन् ।
८. सुनिल दत्त र नर्गिस
यिनीहरुको भेट फिल्म सुटिङको क्रममा स्टेजमा भएको थियो । उमेरले कान्छा भएपनि सुनिल नर्गिसको मायामा परे । नर्गिस पनि उमेरको प्रवाह नगर्दै सुनिलसँग विवाह गरिन् । सुनिलभन्दा नर्गिस एक वर्षले जेठी छन् ।
0 comments:
Post a Comment