फुटबलमा यदि भाग्यको लेखाजोखा पनि गरिने भए आयरल्यान्डलाई सोमबारको खेलमा अभागी भन्न मिल्ने संयोग जुर्यो। ग्रुप ईमा आयरल्यान्ड भिड्दै थियो स्विडेनसित।
मध्यान्तरसम्म खेल ०-० को बराबरीमा थियो। यद्यपि आइरिस खेलाडी हेन्ड्रिकको एउटा गोल हुने प्रहार क्रसबारमा ठोक्किन पुगेको थियो।
मध्यान्तरपछि भने आक्रामक खेलको नतिजा तीन मिनेटमै देखियो। ४८ औँ मिनेटमा हुलाहानले गोल गरी आयरल्यान्डलाई अग्रता दिलाए।
यो अग्रता २१ मिनेटसम्म कायम रह्यो।
७१ औँ मिनेटमा आयरल्यान्डका सियारान क्लार्कले गोल गरे। तर यो गोलले आयरल्यान्डको अग्रता बढेन, स्विडेनले बराबरी गर्यो। किनभने इग्लिस क्लब एस्टन भिल्लाबाट खेल्ने यी खेलाडीले आफ्नै पोस्टमा गोल हानेका थिए।
क्लार्क जारी युरो कपमा आत्मघाती गोल गर्ने पहिलो खेलाडी बने। क्रसलाई क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा बल छिराएका हुन्।
निर्धारित समय सकिँदासम्म थप कसैले गोल गर्न सकेन। फलस्वरुप आयरल्यान्ड महत्वपूर्ण तीन अङ्क जोड्न छाडेर स्विडेनसँग अङ्क बाँड्न बाध्य भयो।
समूह ई मा बेल्जियम र इटाली पनि रहेका छन्। यी दुई बीच खेल अहिले मध्यरात १२:४५ मा हुँदैछ।
Monday, June 13, 2016
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment