300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, June 13, 2016

Tagged under:

रक्षक नै भक्षक

कपिलवस्तु जेष्ठ ३१ । रक्षक नै भक्षक भएपछि कसको के लाग्छ ? यस्तै भएको छ कपिलवस्तुको चन्द्रौटामा । घटना विवरण अनुसार शिवराज नगरपालिका १० चन्द्रौटामा एक लाटी महिला शसस्त्र प्रहरीबाट बलात्कृत भएकी छन । गएराती करिब ८ बजे अन्दाजी ३५ बर्षीय लाटी महिला शसस्त्र प्रहरीबाट बलात्कृत भएकी छन् । चन्द्रौटा स्थीत शसस्त्र प्रहरी बल विन्ध्यवासीनी गणको पश्चिमतिर गाइभैसी चराउन गएका बेला उनलाइ नियन्त्रण लिइ उक्त घटना भएको बताइन्छ ।

 घटनास्थलमा फेला परेका प्रमाणका आधारमा शसस्त्र प्रहरी बल विन्ध्यवासीनी गण लेखिएको गेम ड्रेस एक जोर सहित चप्पल, चुरा, साबुन फेला परेकाले त्यही प्रमाणबाट दोषि शसस्त्र प्रहरीलाइ नियन्त्रणमा लिइ कानुनी कार्रवाही अगाडी बढाइएको बडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक राज कुमार शिलवालले जानकारी दिनुभयो ।

 पिडित महिलालाई गएराती नै स्वास्थ्य परिक्षण गराउन शिवराज अस्पताल बहादुरगन्जमा पठाइएकोमा थप उपचारका लागी रुपन्देहीका अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ । स्थानीयवासिन्दाले पुर्वपश्चिम राममार्ग नै आज विहानदेखी अपह्रान्नसम्म अवरुद्ध गरेर दोषिलाइ कडा भन्दा कडा कार्रवाहीको माग गरेका थिए ।

0 comments:

Post a Comment