ऋतिक रोशनको डिभोर्सको समाचारले सबैलाई एकपटक आश्चर्यमा पारेको थियो । १७ वर्षसम्म वैवाहिक सम्बन्ध बलियो रहेको ऋतिक र सुजैनको डिभोर्स एकाएक हुन पुगेको थियो ।
धेरैले यो कुरा हल्लामात्र भएको सम्म भने तर उनीहरुले डिभोर्स गरेसी सबै एकपटक सक भए । अर्जुन रामपालका कारण उनीहरुको डिभोर्स भएको सम्म बजारमा हल्ला चलेको थियो ।
डिभोर्स गरेको दुईवर्षसम्म चुप लागेर बसेकी सुजैन बल्ल बोलेकी छिन् ।
फेमिनासँग अन्तर्वार्ता गर्ने क्रममा उनले भनेकी छिन्,‘हामी हाम्रो सम्बन्धको अन्त्यमा पुगिसकेका थियाै । अन्तिम विकल्प थियो डिभोर्स । छुटिएर बस्नमै बेस ठान्यौ । अनि त्यसै गर्यौ । अर्जुन मेरो मिल्ने साथी हो ।
उसको आफ्नै परिवार छ । बाहिर जति कुरा भए ति सबै हल्ला मात्रै हुन् ।’
उनले डिभोर्स भएपनि ऋतिकसँग कुराकानी गरिरहेको बताइन् । बच्चाहरुप्रति ऋतिक र उनी उत्तिकै जिम्मेवार रहेको बताइन् । उनले भनेकी छिन्,‘ऋतिक र म बच्चाहरुलाई लिएर गम्भिर छौ । उनीहरुप्रति हामी प्रतिवद्ध छौ । हामी एकाअर्कालाई सम्मान साथ हेर्ने गर्छौ । जब बच्चाहरुको कुरा आउँछ हामीले हाम्रो हट त्याग्नैपर्छ ।’
Monday, June 13, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment