300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, June 13, 2016

Tagged under:

डिफेण्डिङ च्याम्पियन स्पेनको संघर्षपूर्ण जित

काठमाडौं । डिफेण्डिङ च्याम्पियन स्पेनले युरो कप फुटबलको पहिलो खेलमा चेक रिपब्लिकमाथि संघर्षपूर्ण जित हात पारेको छ । उपाधिमा हृयाट्रिक गर्ने लक्ष्यसहित फ्रान्स पुगेको स्पेनले सोमबार चेक रिपब्लिकमाथि १-० गोफ अन्तरको जित हात पारेको हो ।

 खेल तथ्य स्पेन गोलः जेरार्ड पिके ८७ मिनेट बल पोजिसनः ७२ कर्नरः १४ चेक रिपब्लिक बल पोजिसनः २८ कर्नरः ३ सुरुदेखि नै बल पोजिसनमा हावी भएको स्पेन चेक रिपब्लिकको डिफेन्स लाइनलाई तोड्न सकिरहेको थिएन । उसका गोल गर्ने केही प्रयासलाई गोलकिपर पिटर चेकले असफल पारे । माराटा, जोर्डी अल्बा र डेभिड सिल्भाले मौका पाए पनि गोल गर्न सकेनन् ।

 तर, खेल बराबरीतर्फ उन्मुख भएको बेला जेरार्ड पिकेले गोल गरे । आन्द्रे इनिष्टाको पासमा उनले हेड गोल गरेका हुन् । खेलको अन्तिममा चेक रिपब्लिकका यारोस्लाभको प्रहार स्पेनका गोलरक्षक डेभिड डी जियाले उत्कृष्ट बचाउ गर्दै जित दिलाए ।

0 comments:

Post a Comment