300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, June 11, 2016

Tagged under:

टावरमा भएको आक्रमणप्रति एनसेल दुःखी

काठमाडौः आफ्ना मोबाइल टावरमा आक्रमण भएको नेपालको निजी क्षेत्रको मोबाइल फोन प्रदायक कम्पनी एनसेलले दुःख व्यक्त गरेको छ । सल्यान, दाङ्ग, कास्की, झापा, म्याग्दी, धनकुटा, मोरङ्ग, बाग्लुङ्ग र गोरखा जिल्लामा रहेका १० वटा बेस स्टेसनमा अज्ञात समूहले शनिबार बिहान आगो लगाइ दूरसञ्चार पूर्वाधारमा क्षति पुर्याएको भन्दै एनसेलले दुःख व्यक्त गरेको हो ।

 यी टावरमा भएको आक्रमणपछिको क्षतिले ती जिल्लाका ग्रामिण क्षेत्रका करिब दुई लाख ५० हजार ग्राहक सञ्चार सम्पर्कविहीन भएको एनसेलले जनाएको छ । यो आक्रमणबाट ग्रामीण जनता दूरसञ्चार अधिकार उपभोग गर्नबाट बञ्चित बनाएकोमा पनि एनसेलले गम्भीर अपराधको संज्ञा दिएको छ ।

 ‘जनसमुदायलाई सञ्चार जस्तो अत्यावश्यक सेवा प्रदान गर्ने अतिमहत्वपूर्ण मोवाइल सेवा पूर्वाधारमा भौतिक आक्रमण गर्नु गैरकानुनी तथा गम्भीर अपराध हो । एनसेलसम्बद्ध सबैलाई यस्तो कार्य नगर्न नगराउन अनुरोध गर्दछ’, एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनले भने ।

 अत्यावश्यक सेवा ऐनले समेत नागरिकको अत्यावश्यक सेवाको रुपमा लिएको सञ्चार सेवाको निर्वाध संचालनकालागि सहयोग गर्न सम्बन्धित सबै निकायमा एनसेलले अनुरोध गरेको छ । ‘हामी क्षतिको विवरण प्राप्त गर्ने क्रममा रहेका छौं, त्यसैले के कति क्षति भयो भन्ने एकिन भइसकेको छैन,’ भट्टचनले भने ।

0 comments:

Post a Comment