300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, June 11, 2016

Tagged under:

पत्नीलाई बलात्कार गर्दा जेलको बास

गोरखाः जिल्ला अदालत गोरखाले आफ्नै पत्नीलाई बलात्कार गरेको अभियोगमा मुद्दा खेपिरहेका एक युवालाई थुनामा राख्ने आदेश दिएको छ । श्रेस्तेदार गोविन्द घिमिरेको इजालासले घ्याल्चोक–८ का सोमबहादुर दमैलाई शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालत स्रोतले जनाएको छ । उनी गत जेठ ३ गते पक्राउ परेका थिए ।

 उनलाई स्थानीय १४ वर्षीया एक किशोरीले आफूलाई फकाएर बिहे गरेपछि पटक पटक असहमतिमा करणी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन् । उनको जाहेरीको आधारमा प्रहरीले युवाबिरुद्ध जबरजस्ती करणी र वैबाहिक बलात्कारको अभियोगमा जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो । २३ वर्षीय दमैले ती युवतीलाई गत बैशाख २९ गते ललाइफकाइ घरबाट भगाई चरौदी पु¥याएको जाहेरीमा उल्लेख छ ।

 त्यहाँबाट ती युवतीलाई उनले काठमाडौँसम्म पनि पु¥याएका थिए । फर्केर घर आएकी युवतीले अभिभावकको सहयोगमा जेठ १ गते प्रहरीमा जाहेरी दिएकी जनाइएको छ । यो अवधिमा पटक पटक असहमतिमा करणी भएको पनि बयान पनि उनले अदालतमा दिएकी थिइन् ।

 दमैले यसअघि पनि बिहे गरिसकेका थिए । नेपालको कानुनले युवतीले १८ वर्षअघि बिहे गर्न नपाउने र १६ वर्षभन्दा कम उमेरमा सहमतिमा पनि यौनसम्बन्ध भएमा करणी भएको ठहर गरेको छ ।

0 comments:

Post a Comment