300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, June 11, 2016

Tagged under:

सैनिकको प्रेम अस्वीकार गर्दा हत्या

धनगढीः सैनिक जवानको प्रेम प्रस्ताव अस्वीकार गर्दा धनगढीमा २० वर्षीया युवतीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पचनाली गाविस-६ की २० वर्षीया युवती मीना साउदलाई शुक्रबार राती साढे ८ बजेतिर भान्सामा चाउचाउ पकाइ रहेका बेला गोली लागेको थियो । गोली लागेर गम्भीर घाइते मीनाको अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

 मीनाको हत्या विषयमा भएको अनुसन्धानमा मीनालाई लागेको गोली सेना वा प्रहरीको पेस्तोलबाट हानिएको आशंका प्रहरीको छ । आमा, धारामा पानी भर्न गएकी र हजुरआमासँगै भान्सामा चाउचाउ पकाईरहेका बेला मीनामाथि गोली प्रहार भएको आफन्तले बताएका छन् । गोली लागे लगत्तै भान्सामै ढलेकी मीनालाई उपचारका लागि दिपायलको सुजंग अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । धनगढीको चौराहामा फुपुको घरमा बसेर सुदूरपश्चिमाञ्चल एकेडेमीमा बिएड प्रथम वर्षमा पढ्दै गरेकी मीना गर्मी बिदा कटाउन जेठ १६ गते डोटीको पचनीस्थित आफ्नो घर गएकी थिइन्।

मीनाकी फुपू दुर्गा साउदका अनुसार मीनालाई नेपाल प्रहरीका एक जवानले फोन गरिराख्ने गरेको बताएकी छन् । जिल्ला प्रहरी कार्यालय डोटीले मीनाको शरीरबाट पेस्तोलको गोली फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले त्यो गोलीको विषयमा अनुसन्धान भइरहेको बताए । उनले, मीनाको हत्या संगठित अपराध नभएर प्रतिसोधका आधारमा गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बिष्टले बताए ।

 स्रोतका अनुसार, मीनासँग नेपाली सेनामा कार्यरत एकजनाको प्रेम सम्बन्ध रहेको तर मीनाले उनीसँग विवाह गर्न नमानेपछि, गोली हानिएको आशंका छ । प्रहरीले भने यो कुरा स्वीकार गरेको छैन । ‘हामी अनुसन्धानको नजिक पुगेका छौं, हत्याको कारण खुल्दै जानेछ' डोटीका प्रहरी उपरीक्षक विष्टले भने । यता, जिल्ला प्रहरी कार्यालय कैलालीले पनि मीनाका अर्का प्रेमी सन्तोषी टोलका करनलाई पनि सोधपुछ गरेको छ । करनले, दुबै जनाले विवाह गर्ने सल्लाह गरेको बयान दिएका छन् ।

 करनको बयानका आधारमा पनि एकतर्फी रुपमा मीनासँग विवाह गर्ने चाहना भएका नेपाल प्रहरी र नेपाली सेनाका जवानले उनको हत्या गरेको हुनसक्ने परिवारका सदस्यको अनुमान छ। प्रहरीले, स्वीकार नगरेपनि अनुसन्धान त्यतै केन्द्रित भएको स्रोतको दाबी छ । परिवारमा मीना एक्ली छोरी हुन् । मीनाको बुवाको मृत्यु भइसकेको छ भने परिवारमा आमा, प्यारालाइसिस भएका बाजे र बज्यै मात्र छन् ।

0 comments:

Post a Comment