300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, June 11, 2016

Tagged under:

अनमोल भन्छन्-‘२५ लाख मागेको छैन, अफर आएको छ’

नायक अनमोल केसीका एकपछि अर्को चलचित्र बम्पर व्यापार गरिरहँदा उनको पारिश्रमिक पनि बढेको छ । अनमोलले चलचित्र गाजलुमा ८ लाख लिएका थिए । तर, पाँचौ चलचित्र खेल्नका लागि भने उनले २५ लाखसम्म मागेको चर्चा चलचित्र बजारमा चलेको थियो ।

 तर, अनमोलले भने यो कुरा नकारेका छन् । सार्वजनिक कार्यक्रममा निकै पुग्ने भएकाले पनि अनमोलको बिषयमा बनेका गसिप पुष्टी हुन समय लाग्छ । अनमोलले आफूले २५ लाख नमागेको बताए । बरु, आफूलाई यति ठूलो रकम अफर आउने गरेको उनले सुनाए । उनका अनुसार आजसम्म उनले कुनै पनि चलचित्रका लागि पारिश्रमिक मागेका छैनन् ।

 उनले आफूलाई कथावस्तु राम्रो हुनुपर्ने बताए । आफूलाई अफरको ओइरो लागेपनि कथावस्तु हेरेर मात्र काम गर्ने गरेको उनको भनाई छ । अनमोलले आफूलाई २५ लाखसम्म दिन्छु चलचित्र खेल्नु पर्‍यो भनेर अफर आउने गरेको सुनाए ।

0 comments:

Post a Comment