केही महिनायता फेसबुकमा भाइरसहरु देखिन थालेका छन् । यो भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् भन्दै अस्लिल सामाग्रीहरु पोष्ट भइरहेका छन् । ती भिडियो क्लिक गर्दा भिडियो भएको पेज खुल्छ । त्यसपछि त्यस्तै भिडियोहरु अरुको पेजमा तपाईका एकाउन्टबाट जाने एक अध्ययनले देखाएको छ ।
तपाईंको एकाउन्टबाट गएको यो भाइरसलाई तपाईंका साथीले भिडियो अथवा अश्लील एमएमएसका रुपमा बुझ्न पुग्छन् । कतिपयले तत्कालै भिडियो ठानेर क्लिक गर्दा यो भाइरसको तत्काल शिकार भइजान्छन् । धेरै जना आजकल यस्तै भाइसका कारण पिडित भएका छन् । यसका लागि भाइरस पसेपछि यसलाई हटाउनका लागि तपाईंलाई फेसबुकले रिभ्यु म्यासेज पठाउनेछ ।
सेक्यूरिटी चेक जवाब दिएपछि तपाईंले आफ्नो सिस्टमलाई स्क्यान गरेर पुरानै अवस्थामा फेसबुक चलाउन सक्नुहुन्छ । फेसबुक फीडमा पोर्न भिडियो लिङ्ककारुपमा यस किसिमिको भाइरस आइसकेको छ । यसबारेमा फेसबुकले प्रयोगकर्तलाई सचेत गराउँदै यस्तो कुनै पनि किसिमको लिङ्कमा क्लिक नगर्न चेतावनी दिएको छ
Thursday, June 9, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment