काठमाडौं, जेठ २२ । विश्वमै पहिलो पटक फोल्ड गर्न मिल्ने स्मार्टफोन बजारमा आउने भएको छ । चिनियाँ कम्पनी मोक्सीले ग्राफिइनयुक्त स्मार्टफोन बनाउन लागेको हो । यस्तो फोनको स्क्रिन लचिलो हुने र त्यसलाई पट्याउँदा पनि फोनमा कुनै असर नपर्ने उक्त कम्पनीले बताएको छ ।
ग्राफिइनको विकास बेलायतमा भएको थियो । ग्राफिइनको विकास गरेवापत नोबेल पुरस्कार दिइएको थियो । पहिलो पटक सन् २००४ मा युनिभर्सिटी अफ अफ म्यानचेस्टरका दुई वैज्ञानिकहरुले ग्राफिइन प्रयोगमा ल्याएका थिए । ग्राफिइन विकास गर्ने ल्याउने वैज्ञानिकहरु प्रोफेसर एण्ड्रीउ जिम र कोस्टिया नोभोसिलोभ हुन् । उनीहरुले ग्राफिइनको विकास गरेको एक दशकभन्दा बढी भए पनि त्यसको व्यवसायीक प्रयोग भने अहिलेसम्म हुन सकेको थिएन । चिनियाँ कम्पनी मोक्सीले स्मार्टफोनमा यसको प्रयोग गर्न लागेको हो ।
ग्राफिइन प्रयोग गरिएको लचिलो फोन सुरुमा एक लाख सेट बजारमा ल्याउने तयारी गरिएको चिनियाँ कम्पनीले बताएको छ । यस्तो फोन एकदमै पातलो र बलियो एटमको मिश्रणबाट निर्माणबाट गरिने निर्माताच कम्पनीले बताएको छ ।
त्यसरी फोनमा प्रयोग गरिएको एटम फलाम भन्दा २०० गुणा बढी बलियो हुने बताइएको छ । यसको मूल्य ७७६ अमेरिकी डलर पर्नेछ । सुरुमा कम्पनीले श्यामश्वेत रङको स्क्रिन भएको मोवाइल बजारमा ल्याउने बताएको छ । मोक्सीको ग्राफिइनयुक्त स्मार्टफोन ५.२ इञ्चको हुनेछ भने यसको तौल २०० ग्राम हुनेछ । यसलाई ब्रासलेटजस्तै फोल्डगरी हातमा लगाउन मिल्नेछ ।
Thursday, June 9, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment