काठमाडौं । 'मैले त तीन जनालाई मात्र बोलाएको थिएँ, तपाइहरु त धेरैजना आउनुभएछ, कुस्ती खेल्न त पक्कै आउनुभएको होइन हालो नी' – देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रतिपक्षी दल नेपाली काँग्रेससँगको छलफल सुरु नहुँदै प्रधानमन्त्री केपी ओलीले यस्तो भनेपछि काँग्रेस नेताहरु अक्क न बक्क भए ।
मुलुकको समस्या समाधानमा उहाँ गम्भीर हुनुहुन्न भन्ने सोचका साथ बैठक त बसिया तर खोइ केही होला जस्तो लागेन । बैठकमा सहभागी भई फर्किएका एक नेताले बताए । हुन त दुई घन्टासम्मको बैठक पछिल्लो राजनिितक घटनाक्रमबारे छलफल भएको थियो । सरकारलाई संविधान कार्यान्वयन, संसदीय सुनुवाई समिति गठन र पुनः निर्माणमा सहकार्य अघि बढ्नको लागि प्रतिपक्षी काँग्रेसले झक्झकाएको छ ।
काँग्रेसले मधेश आन्दोलन, संवैधानिक पदमा नियुक्ति, कालोबजारी नियन्त्रण र शान्ति सुरक्षा जस्ता विषयमा सरकार गम्भीर नरहेको अरोपसमेत लगाएको छ । प्रमले नै मुलुकमा संवैधानिक संकट निम्त्याएको आरोप लगाृँदै काँग्रेसले पुरानै संसदीय सुनुवाई समितिलार्य निरन्तरता दिन आग्रह गरेको थियो । आजको विमर्श साप्ताहिकमा समाचार छ ।
Thursday, June 9, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment