बलिउडमा गएको वर्ष निकै चर्चामा रह्यो डिर्भोस तथा ब्रेकअपका विषयहरु । चर्चीत जोडीहरु कैटरिना कैफ र रनीवर कपुरको ब्रेकअप, अधुना र फरहान अख्तरको डिभोर्स, सुज्यान र ऋतिक रोशनको डिर्भोस, मलैका र अरबाजको अलग्गिएर बसेको विषयहरुले ठुलो चर्चा पायो । अझै पनि उनीहरुको विषयलाई लिएर थुप्रै खबरहरु बाहिर आइरहेका छन् ।
यस्तैमा धनाढ्य जोडीमा गनिने शिल्पा सेट्टी र राज कुन्द्राबिचको सम्बन्धपनि चिसिएको खबर बाहिर आएको छ । राज कुन्द्रा १५ दिन भइसक्दा पनि घर फर्केका छैनन । उनी अफिसमै खाने, सुत्ने, काम गर्ने गरेको समाचार सार्वजनिक भएको छ । सन् २००९ मा प्रेम विवाह गरेका कुन्द्रा डिभोर्सी हुन् । शिल्पासँग विवाह गरेपछि बलिउडलाई छोड्दै शिल्पाले व्यापार गरिरहेकी छिन् । सम्बन्ध बिग्रन थालेपछि शिल्पा र कुन्द्रा दुबै तनाबमा रहेको बताइएको छ । उनीहरुबिच के कारणले गर्दा सम्बन्ध बिग्रिरहेको छ यसबारे उनीहरु मौन रहेका छन् ।
Tuesday, June 7, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment