300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Thursday, June 9, 2016

Tagged under:

राजपाल यादवलाई फेरी जेल सजाय

एजेन्सी । बलिउडका प्रख्यात हास्यकलाकार राजपाल यादवलाई फेरी जेल सजाय हुने भएको छ । उनलाई दिल्ली उच्च अदालतले १५ जुलाईसम्म तिहाड जेलमा आत्मसर्मपण गर्न आदेश दिएको छ। सन् २०१३ को बाँकी ६ दिनको जेल सजाय पुरा गर्न समते अदालतले आदेश दिएको छ ।

 सन् २०१० मा यादवले दिल्लीका एक व्यापारीसँग फिल्म बनाउनने भन्दै पाँच करोड ऋण लिएका थिए। यादवले ऋण तिर्न नसकेको र दुव्र्यवहार गरेको भन्दै ती व्यापारीले उनीविरुद्ध उजुरी दायर गरेका थिए। पछि यादवले एउटा शपथपत्र तयार पारे, तर सो सपथपत्र नक्कली भएको अदालतले ठहर गर्यो।

 त्यसपछि उनलाई शपथपत्र उल्लंघनको कारवाही भयो। आफ्नो आचरणबारे स्पष्टिकरण दिन पर्याप्त समय पाउँदा पनि यादवले बारम्बार झुठ बोल्दै आए । सन् २०१३ मा उनलाई जेल सजाय तोकियो। यादवको निवेदनका आधारमा अदालतले कारवाही बाँकी रहने सर्तमा चार दिनमै रिहा गर्यो। सो कारवाही पुरा गर्नका लागि उनी अब ६ दिन जेल बस्नुपर्नेछ।

0 comments:

Post a Comment