एजेन्सी । बलिउडमा सम्बन्ध जोडिनु र तोडिनु सामान्य जस्तै भइसकेको छ । १७ वर्ष बिवाह बन्धनमा बाँधिएको जोडि मलाइका अरोरा खान र अरबाज खानको सम्बन्ध बिच्छेदको हल्लाले बलिउड तातेको थियो । यो जोडीको सम्बन्ध के कारणले बिग्रियो भन्ने कसैले थाहा पाउन सकेनन् ।
तर अहिले कहानीमा नयाँ मोड आएको छ ।
अरबाज आफ्नो श्रीमतीलाई कुनै पनि हालतमा छोड्न चाहन्नन् । तर मलाइकालाई अरबाजसंगको सम्बन्धले खुसी दिएको छैन । त्यही कारणले मलाइकाले अरबाजलाई डिर्भोस नदिने तर छुट्टै एक्लै बस्ने शर्त राखेकि छिन् ।
स्रोतका अनुसार उनी सलमान खानको परिवारसँग जोडिएर बस्न चाहन्छिन् ।
उनले अरबाज खानलाई पछि फर्केर आउन सक्ने संभावना पनि दिएकि छिन् । उनले अहिले आफ्नो सम्बन्धलाई मुल्याङ्कन गर्न समय दिएकि हुन् । यदि मलाइकालाई उनको जीवनमा अरबाज महत्वपुर्ण छन् जस्तो महसुस भयो भने उनी फेरी अरबाजसँग बस्न आउनेछिन् ।
Thursday, June 9, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment