एजेन्सी । भारतको कर्लस च्यानलबाट प्रशारण हुने नागीन टेलीसिरीयलकी अभिनेत्री मौनी रायलाई टेलिसिरीयलमा काम गरेर भ्याइनभ्याइ छ । उनको प्रशिद्धि पनि चुलिएर गएको छ । तर अहिले उनको प्रेम जीवनमा भने उथलपुथल आएको छ ।
स्रोतको अनुसार मानीको ब्वाइफे्रन्ड मोहित रैनसँग खटपट बढेको छ ।
‘देवो का देव महादेव’को सीरियलबाट प्रशिद्धि कमाएका मोहित रैना र माैनी राय ६ वर्षदेखि एकअर्कालाइ डेट गरिरहेका थिए । तर अहिले नागीन सीरीयलमा मानीसँगै काम गर्ने अर्जुन विजलानीसँगको सम्बन्धलाई लिएर मोहित निकै तनाबमा छन् ।
स्रोतका अनुसार यो विषयमा यी जोडीबिच धेरै पटक झगडा भैसकेको छ । अर्जुनको रियल लाइफमा विवाह भइसकेको छ र उनको बच्चा पनि छ ।
६ वर्ष सम्बन्धमा रहेका यी जोडीले आज सम्म आफ्नो प्रेमलाई सार्वजनिक रुपमा भने स्वीकार गरेका छैनन् ।
Thursday, June 9, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment