300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Thursday, June 9, 2016

Tagged under:

बरुण धवन सुटिङ सेटमै बेहोस

एजेन्सी । बलिउडका अभिनेता बरुण धवन सुटिङको समयमा सेटमै बेहोस भएका छन् । एक्सन चलचित्र ढिसुममा बरुणले गर्नुपरेको कडा शारीरिक परिश्रमले उनलाई कमजोर बनाइदिएको थियो । यो उनको पहिलो एक्सन चलचित्र हो ।

 आफ्नो नयाँ एक्सन चलचित्र ढिसुमको बारे बोल्दै धवन भन्छन,– ‘चलचित्रको एक दृश्यमा मैले जोन अब्राहमलाई हेलिकप्टरको बाहिर झुण्डाउनुपर्ने थियो, हामी पुर्व पाइलटको साथमै थियौं, तर त्यो अनुभव निकै डरलाग्दो र अद्भुत थियो । ’

 उनी आफुले गरेको स्टन्ट आफैले नपत्याएको बताउँछन् । उनी भन्छन, –’मैले बदलापुर र दिलवालेमा केही एक्सन त देखाएको थिएँ । तर यो चलचत्रिमा मैले निकै खतरा एक्सन दिएको छु । जसलाई मैले नै पछि हेरेपछि विश्वास गर्न सकिन ।’ उनी भन्छन– ‘यो पहिलो पटक मैल एक्सन गरेको हुँ । यति धेरै परिश्रम गर्नुपरेको छ कि मेरो नियन्त्रणमा केहि छैन । मेरो भाइको चलचित्र भएको कारण म मेरो सय प्रतिशत दिनै थियो । ’ ढिसुम २९ जुलाईमा रिलिज हुँदै छ । यो चलचित्रमा बरुण, जोन अब्राहम र ज्याक्लिन फर्नान्डेन पनि छिन् ।

0 comments:

Post a Comment