300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, June 6, 2016

Tagged under:

पत्निसँग डिभोर्सको बदला लिन पोर्नसाइटमा भीडियो अपलोड गरेपछि

काठमाडौं, जेठ २४ । अस्ट्रेलियाको भिसा लागेपछि नवलपरासीका युवराज अधिकारी ‘पेपर म्यारिज’ गरी प्रेमिकालाई पनि ‘डिपेन्डेन्ट’ भिसामा अस्ट्रेलिया लिएर गए। अस्ट्रेलिया पुगेर धुमधामसाथ बिहे गरे। करिब दुई वर्षको अस्ट्रेलिया बसाइपछि सम्बन्धमा दरार आउन थाल्यो। दैनिक झगडा हुन थालेपछि उनीहरू सम्बन्ध–विच्छेद (डिभोर्स) गर्ने निर्णयमा पुगे। युवराज नेपाल फर्किनुपर्ने भयो। उनी मन नहुँदा–नहुँदै नेपाल फर्कन बाध्य भए। जसका कारण पूर्वपत्नीमाथि प्रतिशोध लिने निर्णयमा पुगे। आफैँले भिडियो खिचेर प्रतिशोध पूर्वश्रीमतीकै कारण उनले अस्ट्रेलिया छाड्नुपरेको थियो। त्यसको बदला लिन उनले फेसबुक र पोर्नसाइट (अश्लील भिडियो राखिने वेबसाइट) रोजे।

सम्बन्ध राम्रो भएका वेला उनले श्रीमतीलाई थाहै नदिई केही गोप्य भिडियो खिचेका थिए। तिनै भिडियो उनले पोर्नसाइटमा अपलोड गरिदिए। उनी त्यतिमा मात्र रोकिएनन्, पूर्वपत्नीको नाममा नक्कली फेसबुक आइडी बनाएर त्यसबाट उनले सेयर गरे। फेसबुकमा अश्लील भिडियोका लिंक सेयर भएपछि त्यो भइरल भयो। त्यो खबर युवराजकी पूर्वपत्नीले पनि आफ्ना साथीमार्फत थाहा पाइन्। र, युवराजलाई फोन गरेर सोधखोज गरिन्। तर, आफूलाई केही थाहा नभएको बताएर उनी पन्छिए। पोर्नसाइटमा अश्लील भिडियो राखिएको कुरा नेपालमा रहेका परिवारजनले पनि थाहा पाए।

 त्यसपछि उनीहरू महानगरीय अपराध महाशाखामा उजुरी गर्न पुगे। महानगरीय अपराध महाशाखाले विस्तृत अनुसन्धान गर्दा युवराजले नै पोस्ट गरेको खुल्यो। प्रहरीले उनलाई शुक्रबार उनी पक्राउ गर्‍यो। प्रहरीले युवराजमाथि आइतबार विद्युतीय कारोबार ऐनअनुसार अदालतमा म्याद थप गरी कारबाही अघि बढाएको छ। अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार प्रतिशोधकै लागि उनले पूर्वपत्नीसँगका अश्लील भिडियो र फोटो पोस्ट गरेको खुलेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

0 comments:

Post a Comment