300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, June 10, 2016

Tagged under:

भान्सामै गोली हानेर किशोरीको हत्या

शुक्रबार राति ८:३० बजे आफ्नो घरमा चाउचाउ पकाइ रहेका बेला एक्कासि बन्दुक पड्केको आवाज आएको थियो। बन्दुक पड्केको आवाजपछि भान्सामा हेर्दा युवती ढलेको अवस्थामा फेला परेको एक स्थानीयले बताए। एक हप्ता अगाडि मात्रै बिदामा घर आएकी मृतक साँउद धनगढी, कैलालीमा अध्ययनरत विद्यार्थी हुन्।

गोली पड्केको आवाज आएपछि उनका घरमा पुगेका स्थानीयले तत्काल उपचारका लागि सुजङ्ग अस्पताल राजपुरमा पुर्याउन नपाउँदै साउदको मृत्यु भएको छ। साउदको पछाडिपट्टिको दायाँ हातको पातामा गोली लागेको छ।शव परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ। घटना के कति कारण कसले हानेको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। रासस

0 comments:

Post a Comment