300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, June 29, 2016

Tagged under:

सानो भुमिकाले भाग्य चम्किएका बलिउड अभिनेताहरु

फिल्ममा पाउने एउटा सानो भुमिकाले धेरैको मन जित्न सफल भइन्छ । बलिउडमा कतिपय यस्ता प्रख्यात कलाकारहरु रहेका छन् जसले ‘गेस्ट अपिरेन्स’का भरमै चर्चा बटुले र आफ्नो भाग्य समेत बदल्न सफल भए । धेरै कलाकारहरु अब ‘गेस्ट अपिरेन्स’ को भुमिका गर्न समेत हिचकिचाउँदैनन् ।

एउटा सानो भुमिका कारण नयाँ परिचय बनाउने कलाकारहरुले आफ्नो जीवनमा यति ठुलो सफलता पाइएला भनेर नसोचेको समेत बताउँछन् । बलिउडमा केही यस्ता कलाकारहरु छन् जसको भाग्य ‘गेस्ट अपिरेन्स’ बाट चम्किएको थियो ।

 १. सलमान खान बलिउड दबंग नायक सलमान खानले पनि ‘गेस्ट अपिरेन्स’ भुमिकाबाट आएका हुन् भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । उनले पहिलो पटक डेब्यु गरेको फिल्म ‘बीबी हो तो ऐसी’ मा ‘गेस्ट अपिरेन्स’ गरेका थिए । यसपछि भने सलमान खानको भाग्य चम्कियो । यस फिल्म लगत्तै उनले फिल्म ‘मेने प्यार किया’ गरे । उक्त फिल्म सुपरहिट भएको थियो । २. नवाजुद्धिन सिद्धीकी नवाजुद्धिन सिद्धीकीले आफ्नो बलिउड करिअर ‘गेस्ट अपिरेन्स’ बाट गरेका थिए । सायद कमैलाई थाहा छ होला उनले आमिर खानको मुख्य भुमिका रहेको फिल्म ‘सरफोरोश’ मा ‘गेस्ट अपिरेन्स’ गरेका थिए । उक्त फिल्ममा उनले १ मिनेटको ‘गेस्ट अपिरेन्स’ भुमिका गरेका थिए । त्यसपछि उनको भाग्य विस्तारै चम्कियो । हाल उनको बलिउडमा क्रेज निकै ठुलो रहेको छ । ३. विक्की कौशल यी अभिनेताले आफ्नो फिल्मको करिअर फिल्म बम्बे भेल्भेटमा ‘गेस्ट अपिरेन्स’ को भुमिकाबाट सूरु गरेका थिए । त्यसपछि उनले गरेको फिल्म ‘मसान’ ले ठुलो चर्चा तथा सफलता पायो । उनको मुख्य भुमिका रहेको यस फिल्मले महत्वपुर्ण अवार्डहरु समेत जित्न सफल भयो । ४. बिक्रान्त मेसी टेलिसिरियलबाट अभिनय यात्रा सुरु गरेका बिक्रान्तले सन् २०१३ मा आएको फिल्म ‘लुटेरा’ बाट फिल्मी करिअर सूरु गरेका थिए । उनले उक्त फिल्ममा सपोर्टिङ रोल गरेका थिए । आज उनी बलिउडमा व्यस्त अभिनेताका रुपमा परिचीत छन् । उनी र कल्की कोचलिन अभिनय गरेको फिल्म आउँदैछ ।

0 comments:

Post a Comment